म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मिना परियारलाई बेपत्ता बनाइ हत्या गरेको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आज बेनीमा प्रदर्शन गरिएको छ ।

दलित एकता सञ्जाल, परियार सेवा समाज र मिजार समाज म्याग्दीको संयुक्त आयोजनामा भएको र्‍याली बेनी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ हत्या गरिएकी मिनाको कङ्काल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान छिटो अगाडि बढाउन दबाबका लागि प्रदर्शन गर्नु परेको परियार सेवा समाजका अध्यक्ष प्रेम परियारले बताए ।